धादिङमा मोटरसाइकल दुर्घटना, बाबुछोराको मृत्यु

धादिङ, पूथ्वी राजमार्ग अन्र्तगत धादिङको पीडामा सोमबार विहानै मोटरसाइकल दुर्घटना हुदाँ बाबुछोराको मृत्यु भएको छ ।


पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तरगत धादिङको पिडा गाँउ विकास समितिको वडा नं १ घाटवेशीबाट गजुरी तर्फ आउँदै गरेको बा ४१ प ४५५६ नम्वरको मोटरसाइल सोही दिशाबाट आइरहेको ना ३ ख २९४६ नम्वरको ट्रकसंग ठोक्किदा मोटरसाइकलमा सवार बाबुछोराकै मृत्यु भएको हो ।

मृत्यु हुनेमा पिंडा गाँउ विकास समितीको जहरे निवासी ४२ वर्षिय क्षेत्र बहादुर पुलामी मगर र उनको छोरा २१ बर्षीय बिष्णु पुलामी मगर रहेको प्रहरी इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा अर्का एक बालक घाइते भएका छन् ।
घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले राजमार्ग सुचारु रहेको र ट्रक र चालकलाइ नियन्त्रण लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भन्दै धादिंगअनलाइन.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस