धादिङमा माईक्रो वस दुर्घटना, १० घाईते

धादिङ,  धादिङको कालुपाण्डे मार्ग स्थित कमेरे भन्ने स्थानमा आज भएको माईक्रो वस दुर्घटनामा परी १० यात्रुहरु घाईते भएका छन् ।

दुर्घटनाग्रस्त माइक्रो सडकमा
दुर्घटनाग्रस्त माइक्रो सडकमा 

 धादिङबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ७७३ नम्वरको माईक्रो अनियीनत्रित भई भित्तमा ठोकीयर माईक्रो बस सडकमा पल्टीएकोे हो । चालकको लापरवाहीका कारण सो सवारी दुर्घटना भएको घाईतेले बताएको छ । . सो माईक्रो बसमा धादिङबाट १७ यात्रुहरु बोकेर काठमाण्डौतर्फ जाँदै थियो ।

दुर्घटनाका घाईतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएको छ भने अहिले सवैको अवस्था सामान्इ रहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात माईक्रो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।



यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस