धादिङको अधिकांस ग्रामिण सडक बन्द हुने अवस्थामा

धादिङ, अहिले जिल्लामा रहेका अधिकांस ग्रमिण सडक बन्द हुने अवस्थामा पुगेको छ । सडक मात्र खन्ने र त्यस सडकको स्तर उन्नती नगर्ने भएका कारण ग्रमिण सडकहरुको अवस्था यस्तो भएको हो । मुख्य गरी उत्तरी धादिङलाई सदरमुकामसम्म जेड्ने र गोर्खा जिल्लालाई धादिङसंग जा्ड्ने मुख्य सडकको अवस्था निकै दयनिय बनेको छ । जस्का कारण मानिसहरु धेरै जसो त पैदल हिडेर नै गन्तव्यतर्फ जाने गर्दछन् ।


सडक संचालनमा आएको तिन दशक लाग्न लाग्दा समेत सडकको स्तर उन्नती नभएका कारण २७ किलो मिटर दुरी पार गर्न दिनभरी लाग्ने गर्दछ । प्रत्येक वर्ष यि दुई सडकमा मर्मतको नाममा लाखौ रकम खर्च गरेको पाईन्छ सडकको अवस्था भने जस्ताको त्यस्तै हुने गर्दछ । सडकको अवस्था विग्रएका कारण तिन घण्टामा पार गर्न सकिने धादिङबेसी आरुघाटको यात्रा तय गर्नका लागी दिनभर लाग्ने गर्दछ , भने साङ्कोष तिप्लिङ्ग सडकमा त पानि परेको समयमा सवारी नै चल्न सक्दैन ।

गत महिना मात्र लाखौ खर्च गरेर यो सडक मर्मत गरेको भए पनिे धादिङबेशी आरुघाट सडक खण्डको अवस्था अहिले सवारी नै चलाउन नसक्ने अवस्थामा पुगेको छ भने साङ्गकोष तिप्लीङ्ग सडक त बन्द भए जस्तै भएको छ । मर्मतको नाममा यस सडकहरुमा जिल्ला विकास समितीले र सडक विभागले बार्षिक लाखौ खर्च गरेको भए पनि काम भने सडकको सामान्य खाल्डा खुल्टी समेत पुरेको देखिदैन । बार्षीक सरकारलाई कर पनि तिर्ने गरेको र पटके सडक कर पनि दैनिक तिर्दै आएको भए पनि सडकको स्तर उन्नती कहिले नहुने चालकहरु बताउछन् । यात्रुहरुले जोखिम मोलेर यात्रा गर्नु पर्छ भने सवारी चालकहरुलाई सवारीका साधनहरु कसरी सुरक्षित पुर्याउने भन्ने चिन्तामा हुन्छन् ।

सडकको अवस्था विग्रिएको कारण सवारी साधनहरुले यात्रुहरुलाई मनलाग्दी भाडा समेत असुल्ने गरेको छ भने मालसामन ढुवानीमा बर्ष सुरु हुने वित्तिकै झण्डै साविकको भन्दा तेब्बरसम्म भाडा असुल्ने गर्दछ । बर्ष सुरु भएको केही समयमा नै धादिङको उत्तरी क्षेत्र र गोर्खाका केही गाँउ विकास समितीहरुमा दैनीक उपभोग्य बस्तुहरुको मुल्य आकाशीने गर्दछ भने उपभोग्य बस्तुहरुको अभव समेत हुने गर्दछ । सडकामा सवारीका साधनहरु चल्न नसक्दा बर्खाको समयमा उत्पादन हुने तरकारी लगाएत अन्य कृषी उपजहरु विक्रका लागी बजारसम्म लग्न समेत कठिन हुने भनाई ग्रमिण भेगका किसानहरुको छ ।

श्रोत : Kalakunja
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस