धादिंगका नेता राजाराम कार्की भन्छन संघियता र धर्मनिरपेक्षता चाहिदैन

धादिंग, संघियता, सिमांकन र धर्मनिरपेक्षताको पक्ष र बिपक्षमा देश भर आन्दोलन चर्किरहदा देशभर कैयन आन्दोलनकारी र सुरक्षाकर्मीहरुको मृत्यु भैसकेको छ । जारी संबिधान निर्माण प्रक्रियानै रोकेर बार्ता गर्नु पर्ने मुख्य पार्टीकै जनजाति र मधेसी सभासदहरुले माग गरिरहेका छन् ।

डा राजाराम कार्की बरिष्ठ कांग्रेस नेता शेर ब. देउबा संग
डा राजाराम कार्की बरिष्ठ कांग्रेस नेता शेर ब. देउबा संग

यस्तो अबस्थामा धादिंगमा खासै आन्दोलन नभए पनि यहाका नेताहरुले आफ्नो व्यक्तिगत विचार भने व्यक्त गरिरहेका छन् । यस्तैमा नेपाली कांग्रेस धादिंगक एक जना नेता डा. राजाराम कार्कीले भने संघियता र धर्मनिरपेक्षता नै रास्ट्र र रास्त्रियताको खिलाफमा भएको बताएका छन् भन्दै Dhadingonline.com मा खबर छ ।

उनि भन्छन , ‘संघियता र धर्म निरपेक्षता वादशाको नयाँ लुगा जस्तै हुन् । नेताहरू अहिले यी नयाँ लुगा तयार पार्ने कालिगड बनेका छन्। 

(१) संघियता – राष्ट्रियता र राष्ट्रिय अखण्डताको खिलाफ छ । जातको आधारमा देशलाई बांढे, १२५ टुक्रा हुन्छ देश
(२)धर्म निरपेक्षता-लोकतन्त्रको खिलाफमा छ। ९६% नेपालीको चाहनाको खिलाफको निर्णय के लोकतान्त्रिक हुनसक्छ ? फेरि पनि देश संघियतामा गइसकेको नै हो भने ५ बिकास क्षेत्रलाई ५ प्रदेश र धार्मिक स्वतन्त्रतासहितको हिंदु राष्ट्र समयको माग हो।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस