धादिंगमा मोथले आँखामा संक्रमण बढायो, बिरामी संख्या बढ्दै..

धादिङ, सदरमुकामवजारमा विजुलीवत्ती वरिपरी झुम्मिने मोथ् (Moth) प्रजातीको सेतो पुतलीले वालवालिकाहरुमा आँखा पाक्ने समस्याले महामारी रुप लिएकोछ । राती विजुली वलेको वेला हरेक घरमा सयौं पुतली वत्ती वरपर झुम्मिने गरेका छन् ।



सेतो पुतलीको पखेटावाट उड्ने साना कणहरु वातावरणमा फैलिएपछि वालवालिकाहरुमा यो आँखा पाक्ने खतरनाक ‘शापु’ नामक महामारी फैलिएको जिल्ला स्थित सामुदायिक आँखा उपचार केन्द्रका नेत्र अधिकृत रामसिंह तामाङले वताए ।

हाल सम्म कुम्पुरकी २ वर्षीय शुसिला कोईराला, सेम्जोङ्गकी ३ वर्षीय वीना तामाङ्ग र लापा गाविसकी एकजना वालिका सहित ४ जना लाई यसै महिना तिलगंगा आंखा अस्पतालमा उपचारका लागी पठाईएको वताउंदै नेत्र अधिकृत तामाङ्गले –‘यो संक्रमणले वालवालिकाहरुको यौटै मात्र आँखाको ३ तह मध्य वीचभागको तहमा पिप जमाएर उपचारमै कठिन वनाउंछ ।


यस्को उपचार करिव असंभव छ र वालवालिकाहरु को यौटा आंखा कामै नलाग्ने हुन सक्छ’। यस्को संक्रमणले आंखा अचानक रातो हुनु.. उज्यालो हेर्न गाह्रो हुनु,आंखाको कालो भागको वीचमा पीप जमेर सेतो भाग देखा पर्नु ,छोटो समयमै आंखाको ज्योती कम हुदैं जानु, आंखा पाके जस्तो देखिए पनि चिप्रा पटक्कै नआउनु यस रोगका लक्षण हुन् ।

यो संक्रमण भुकम्प पिडित विस्थापित शिविरमा, अति विपन्न, राती अति प्रकाश दिने वत्तीवालेर झ्याल खुलै राख्ने परिवारमा, देखिएको छ । जिल्ला स्थित आंखा अस्पतालमा विगत एक महिना देखि दैनिक ५ देखि एक दर्जन विरामी आउने गरेकाछन् ।

जिल्लामा शापुका संक्रमित वढे पछि सामुदायिक आंखा अस्पताल मा सहयोग गरेको तिलगंगा आंखा अस्पतालले सिएफएल वत्तीको कम प्रयोग, तत्काल उपचार र झुल प्रयोग गरि सुत्न सल्लाह दिदैं विज्ञप्ती निकालेकोछ भन्दै धादिंगन्युज.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस