विभिन्न जिल्लाका भुकम्प पिडितहरुका लागी नौ हजार घर निर्माण गरिदिने

धादिङ, भुकम्पबाट प्रभावीत विभिन्न जिल्लाका भुकम्प पिडितहरुका लागी नेपाल रेडक्रस सोसाईटीले नौ हजार घर परिवारहरुको लागी स्थाई घर निर्माण गरिदिने भएको छ ।


बैशाख १२ गतेको विनासकारी भुकम्पबाट घरबार गुमाई विस्थापीत भएकाहरुका लागी पुर्नःस्थापीत गर्ने उद्देश्यका साथ अन्तराष्ट्रिय रेडक्रस महासंघको सहयोगमा भुकम्पबाट प्रभावीत जिल्लाका रेडक्रस सोसाईटीहरुसंग सहकार्य गरी प्रभावीत क्षेत्रका स्थानीयहरुलाई सुरक्षित र भुकम्प प्रतिरोधी स्थाई घरहरु निर्माण गर्न लागेको नेपाल रेडक्रस सोसाईटीका केन्द्रय अध्यक्ष संन्जीव थापाले जानकारी लिनु भयो ।

सोका लागी नेपाल रेडक्रससोसाईटी र दातृ नीकायका प्रतिनिधिहरुले धादिङका विभिन्न विस्थापीत शिविरहरुमा गई बास्तबीक पिडित हो होईन र उनिहरुको अवस्था केकस्तो रहेको छ भन्ने बारेमा समेत अनुगमन गरिएको थियो । शुरक्षित र स्थाई बसोवासका लागी निर्माण गरिदिने घरको निर्माण कार्य अब छिटै सुरु हुने भन्दै घरको नक्सा कस्तो बन्ने र एउटा घर निर्माणका लागी कति खर्च लाग्ने भन्ने विषयमा भने अब टुङ्गो लाग्दै भएको समेत अध्यक्ष थापाले बताउनु भएको छ ।

यसै गरी रेडक्रसले यस भन्दा अघी पनी विस्थापितहरुका लागी धादिङमा विभिन्न कार्यक्रमहरु दिदै आएकोमा अब भने दिगो आय आर्जनका लागी समेत कर्ययोजना बनाईएको जनाएको छ । भुकम्प पिडितहरुका लागी भने घरको कर्यक्रम अव केही महिनामा नै सुरु गरिने समेत अध्यक्ष थापाले जानकारी दिनु भएको छ । धादिङ जिल्लामा भुकम्पका कारण अति प्रभावीत उत्तरी धादिङबाट सुरक्षित स्थानको खोजी गर्दै सदरमुकाम आसपासका विभिन्न सात ओटा सिविरहरुमा २५ सय घर परिवार बस्दै आएका छन् भन्दै कलाकुंज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस