बिवाह गर्ने भन्दै ठग्दै हिड्ने युवक धादिंगमा पक्राऊ

धादिङ, एक राष्ट्रिय दैनिक पत्रिकामा विवाह गर्ने विज्ञापन प्रकाशित गरेर ठगी गर्दै हिड्ने एक युवालाई प्रहरीले धादिङबेसीमा नियन्त्रणमा लिएको छ ।

अभियुक्त सन्तोष कार्की
अभियुक्त सन्तोष कार्की
साउन १३ गते “२५ देखि ३० वर्ष डिभोर्स वा एकल खानदानी ईमान्दार महिलाले सिधा सम्पर्क” भन्ने व्यहोराको विज्ञापन एक राष्ट्रिय पत्रिकामा प्रकाशन गरी लाखौँ ठगी गर्दै हिँडेका सन्तोष कार्कीलाई प्रहरीले धादिङबेसीमा नियन्त्रणमा लिएको छ । आफूलाई कहिले प्रकाश रानाभाट, कहिले प्रकाश थापा, घर मोरङ विराटनगर, चितवन, उदयपुर, ओखल्ढुङ्गा बताउने तर बास्तविक सोलुखुम्बु तिङ्ला ६ लामुमाने भएको वर्ष २९ को सन्तोष कार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विज्ञापन पश्चात सम्पर्कमा आएकी महिलालाई विवाह गर्ने प्रलोभनमा पारी काठमाडौँ कोटेश्वर स्थित एक महिलावाट ६ लाख ३५ हजार रुपियाँ ठगी गरेको महानगरिय प्रहरी परिसर काठमाडाँैमा उजुरी परे पश्चात कार्कीको खोजी भई रहेकोमा धादिङवेसी स्थित एक महिलावाट समेत यस्तै प्रकारको ठगी गर्ने नियतले आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । धादिङवेसी घर भएकी एक महिलाबाट १८ हजार नगद तथा केही सरसामान यस अघी नै लिइ सकेकोमा उक्त महिलाबाट पोखरा स्थित माछापुछ्रे बैंकमा रहेको १० लाखको चेक बुझ्न आएको अवस्थामा महिलाको कोठाबाट नै कार्कीलाई पक्राउ गरेको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभएको छ ।

कार्कीले सम्पर्कमा आएका महिलाहरुलाई प्रभावमा पार्न आफू ईमान्दार र उच्च हैसियतको देखाउन बृद्ध मामा र काम गर्ने व्यक्तिसँग बुझे हुन्छ भनि फोन नम्बर समेत दिने गरेको उक्त फोन आफैले रिसिभ गरी महिलाहरुलाई झुक्याउने समेत गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार्कीको साथवाट प्रहरीले ४ तोला सुनको गरगहना, ४५ तोल चाँदीको गरगहना, एक थान सामसुङ मोवाइल, र नगद ७ हजार ६ सय ५०  समेत बरामद गरिएको छ । आज साँझ पक्राउ परेका कार्कीलाई आवश्यक कारवाहीको लागि प्रहरी परिसर काठमाडाँैमा पठाइने प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिनुभएको छ भन्दै धादिंगअनलाईन.कम मा खबर छ ।



यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस