भूकम्प पिडितको राहत थापेर धादिंगबेशिको पक्की घरमा

धादिङ, सदरमुकाम र आसपासमा रहेका भुकम्प पिडितहरुको विस्थापित शिविरमा २ सय २६ घरधुरी विस्थापित नक्कली भएको ठहर गरेकोछ । विस्थापितले वढी भन्दा वढी राहत लिन संघसंस्था तथा जिल्ला विपद् व्यवस्थापन समिती लाई समेत झुठो विवरण दिई शिविर व्यवस्थापन समितीका अगुवाहरुले घरधुरी र परिवार संख्याका आधारमा खाद्यान्न लगायतका राहत एकमुष्ठ रुपमा लिने गरेका थिए ।

धादिंगबेशी नजिकै रहेका भूकम्प पिडितहरुको टहरो
धादिंगबेशी नजिकै रहेका भूकम्प पिडितहरुको टहरो

 राहत वितरण गर्न जाने सरकारी कर्मचारीहरुले विस्थापित शिविरहरुमा राहत मात्रै जाने तर टहराहरु खाली देखे पछि आशंका गरेका हुन् । सदरमुकाम र सल्यानटार सहित ९ वटा विस्थापित शिविरहरुमा स्थानीय प्रशासनले अधिकृत स्तरका कर्मचारी खटाएर कडाईका साथ घरधुरी र जनसंख्या तथ्याङ्क विवरण संकलन गर्दा शिविर वाट २ सय २६ घरधुरी नक्कली भएको पत्ता लागेको हो । 

‘विस्थापित शिविरमा गठन गरिएका ९ स्थानका नौ वटै व्यवस्थापन समितीका अध्यक्षहरु शिविरमा खाद्यान्न सकिएको भन्दै पालैपालो आएर १ हजार ५० घरधुरीको संख्या देखाई सोही अनुरुप खाद्यान्न लगायत विभिन्न राहत सामाग्रीहरु एकमुष्ठ वुझेर लिने गरेका थिए । हाल सम्म शिविरकै अगुवाहरुकौ विस्वासमा थियौं ’–प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले वताए ।

हाल सम्म १ हजार ५० कै हाराहारीमा विस्थापित घरधुरी लाई राहत वितरण गरिएकोमा अनुगमन गर्दा सदरमुकाम वरपरका ११ वटा र सल्यानटारको एउटा समेत १२ वटा विस्थापित शिविरमा ८ सय २४ घरधुरी मात्रै फेला परेका छन् । सरकार तथा संघसंस्थाहरुले वितरण गर्ने खाद्यान्न तथा गैह्र खाद्यान्न राहत सामाग्री वुझ्न एउटै परिवार विभाजित भएर एउटै परिवारले धेरै राहत सामाग्री वुझ्न विभिन्न शिविरमा टहरा निर्माण गरि वसेका समेत फेला परेका छन् । 

विस्थापितहरुका नाममा विभिन्न संघसंस्थाहरुले जस्तापाता, ग्या“स सिलिण्डर, चुल्हो, हजारौं पर्ने टेन्ट, राईसकुकर, प्रेसरकुकर, लत्ता कपडा, भांडाकुंडा, मन्जन वु्रस , सौर्य उर्जा समेत पटक पटक विभिन्न खाद्यान्न हरु पाईने भए पछि नक्कली विस्थापित वढेका हुन् । सदरमुकाममा रहेका विभिन्न भुकम्प पिडित विस्थापित शिविरहरुमा नक्कली भुकम्प पिडीतहरुको विगविगी वढेकोछ । भुकम्पले ग्रामिण वस्ती वाट विस्थापित भएर सदरमुकाम र वरपरका ८ वटा अस्थायी शिविरहरुमा सदरमुकाममै वर्षौ देखि वसाई सराई गरेका परिवारहरुले पनि त्रिपाल हालेर वसे पछि राहत वितरणमा वास्तविक पिडीतहरु मर्कामा परेका हुन् । 

विस्थापित भएर आएका समुदायको विभिन्न शिविर पु¥याएको क्षतिपछि गाउँमा बस्नै नसकेर विस्थापित भएकाहरुको ब्यवस्थापन कार्य जटिल बन्दै गएको छ । भुकम्प पिडितहरु लाई सरकारले सदरमुकाम र तराईमा जग्गा दिने प्रचारले उत्तरी धादिंङ वाट आएर विभिन्न स्थानमा शिविर स्थापना गरि वसेका छन् । विस्थापितहरु आएकै मौका पारेर २ दशक देखि सदरमुकममा वसेका, घरनिर्माण गरेर वसाई सराई गरेका, उत्तरीधादिङ का वासिन्दाहरु संग नातागोता भएका समेत विस्थापित शिविरमा त्रिपाल हाले पछि राहत वितरणमा सक्कलीलाई घाटा लागेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितीले आधा दर्जन सरकारी अधिकृतहरु खटाएर अनुगमन गरेको थियो र प्रहरीले समेत छड्के अनुगमन गरेको थियो । ‘दिनभर राहत वुझने रात परे राहत सामाग्रीहरु वोकेर सदरमुकामको घर तथा डेरा तर्फ झर्ने विस्थापित पनि थुप्रै फेला परे ’–प्रहरीका एक जना अधिकृतले वताए । 

भुकम्प पछि भुगोलविद्हरु समेतले गरेको निरिक्षण वाट सिफारिस गरेका जोखिममा पर्ने संभावनाका रीगाउं र लापाका केही वडाका वासिन्दाहरु लाई मात्रै अस्थायी वसोवास प्रवन्ध मिलाउने निर्णय गरे भन्दा जोखिम वाट वाहिर रहेका , विस्थापितनै हुन नपर्ने वस्तीका समेत विस्थापित भए पछि जिल्ला विपद् व्यवस्थापन समितीले मंगलवार निर्णय गरि वस्तीमै र्फर्कन प्रेरित गर्ने निर्णय गरेको हो ।

‘‘जोखिम देखी वाहिरका विस्थापितहरु लाई गाउंफर्के मात्रै दशैं अगावै ५ महिना लाई पुग्ने खाद्यान्न लगायतका राहत वस्तीमै पुरयाउदैंछौ ’–उत्तरीवस्तीमा राहत लैजाने संझौता गरेको हिमालयन हेल्थ केयरका जिल्ला संयोजक शंभुसिंह ठकुरीले वताए । भुकम्प पछि विस्थापित भएर बसेका शिविरहरुमा नक्कली भुकम्प पिडितहरुपनि बढेका छन । सदरमुकाममा घर निर्माण गरेका, दशकौंदेखि व्यापार गरिबसेका, श्रीमान विदेश गएपछि केटाकेटी पढाउन सदरमकाम मै कोठाभाडामा बसेकाहरू पनि अस्थायी शिविरमा त्रिपाल हालेर राहत लिने गरेका छन ।

 शिविरमा उनीहरूको त्रिपाल मात्रै हुन्छन सुत्ने र भान्सा बजारकै घरमा वा भाडा तिरेको कोठाहरुमा हुन्छ । सदरमुकाममा त्रिपालमा बसेका १ हजार ४५ घरधुरीको तथ्याङक जिल्ला दैवि प्रकोप उद्धार समितिसंग छ तर शिविरमाहरुमा भने त्यतीको सङख्यामा विस्थापितहरु भेटिदैनन । वुझेको राहत र सामाग्री नक्कली विस्थापितहरुले राती सामानहर ओसार्ने गरेका छन् ।

काम खोज्दै छन विस्थापित

   विस्थापित शिविरहरुमा रहेका बलिया र युवाहरुले काम खोज्न थालेका छन । विस्थापितहरुको उचित पुनस्थापना गर्ने योजना सरकारले बनाइरहेपनि त्यो प्रभावकारी हुन नसकिरहेको बेला विस्थापित शिविरहरुमा गास वास र कपासको समस्या जटिल बन्दै थालेपछि काम गर्न सक्नेहरु कसैले काम दिएको खण्डमा काम गर्ने बताएका छन । सुरुका केहीदिनमा राहतको ओईरो लागेपनी विस्तारै विस्थापित बस्तीहरुमा खाद्यान्न तथा गैर खाद्यान्न सामाग्रीहरु कम हुदै गएपछि विस्थापितहरुलाइ कसरी गुजारा चलाउने चिन्ता थपिएको छ ।

 री गाउँ विकास समितिवाट बिस्थापित भएका बिशाल तामाङ भन्छन, ‘संघ सस्थाले दिने राहत कतिन्जेलसम्म आउला र ? विस्थापित शिविरका दुइ तिहाइ ब्यक्ति काम गरेर खान सक्ने अवस्थामा छन । तिनिहरुलाइ अस्थायी र केही समयका लागि भएपनि रोजगारीको अवसर हुने हो भने विस्थापितहरुको केही समस्या त हल हुन्छ ।’ उत्तरी क्षेत्रका गाविसहरु रि, झार्लाङ, सेर्तुङ, तिप्लिङ र लापाका विभिन्न गाउहरुबाट विस्थापित भएर सदरमुकाम आसपासका विभिन्न ठाउँहरुमा बसिरहेका भुकम्प पिडितहरु यतीबेला क्षणिक राहतको सट्टामा उचित पुनर्वास र रोजगारीको माग गरिरहेका छन् । 

सरकारले पुर्नवास गराउने त भनेको छ, तर खेतीकिसानी गरेर गुजारा गरिरहेको ठाउँ छा्डन परेपछि सीप अनुसारको रोजगारीको व्यवस्था गर्न सके राज्य तथा अन्य संस्थाको राहतको भरमा बस्नु नपर्ने विस्थापितहरु बताउछन् भन्दै धादिंगपोस्ट.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस