बाँदर आतंक बिरुद्ध धादिंग प्रशासनमा उजुरी

धादिङ , धान र मकै बेचेर खर्च चलाउन पुग्ने धादिङ मुरलीभञ्ज्याङका शिव लम्साल अहिले किनेर खानुपर्ने अवस्था आएपछि समस्यामा परेका छन्। उनको जङ्गल छेउमा जग्गा छ। उनको बारीमा बाँदरले मकै खाएर सखाप पारिदिएका छन्। तरकारी र अन्नपात जे लगाए पनि लगाएको दिनदेखि बाँदरले हैरान पारेर सबै नष्ट गर्दै आएको उनी बताउँछन्।गाउँलेसहित लम्साल परिवार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसामु बाँदरबाट छुटकारा पाउन निवेदन दिएको रासस लाई उद्रित गर्दै धादिंग अनलाईनले लेखेको छ l’


गत वर्षहरुमा घरभित्र मकै धान राख्न सकिन्थ्यो। यस वर्ष भूकम्पले घर लडायो। बस्ने ठाउँ छैन। बाँदरले मकै खाएपछि अर्को वर्ष खाने कुरा नभएर सडकमा आउने अवस्था आयो’, उनले भने।मुरलीभञ्ज्याङको झगरे, सालबोटे, निगालपानी, बाँझोपाल्पा, अलैचे, चित्रेपाखा, धौखोलासम्मको क्षेत्रका करिब ३०० परिवारले बाँदरले मकैलगायतका बाली सखाप पारेपछि क्षतिपूर्ति माग्न जिप्रका धादिङमा निवेदन दिएका छन्। सामूहिक निवेदन आएको १० दिनभित्र बाँदर नियन्त्रणका लागि कुनै न कुनै पहल गर्ने आश्वासन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए। ।

तीन सयभन्दा बढी सङख्यामा रहेको रातो अनुहार भएको बाँदरले यस क्षेत्रमा तीन चार वर्षदेखि दुःख दिइआएका छन्। भूकम्पले सबै संरचना नष्ट भएका बेला घरमा राखिएको अन्नसमेत बाँदर खाइदिएपछि समस्या परेको गाउँवासीको भनाइ छ।गाउँवासीले प्रजिअ घिमिरेलाई बाँदरको स्थानान्तरण गरी ठूलो वनमा लगिदिन वा आफूहरुलाई नै अन्यत्र बसोबासको व्यवस्था मिलाइदिन माग गरेका छन्।प्रजिअ घिमिरेले गाउँवासीले दिएको निवेदनलाई तत्काल कार्यान्वयनमा लान जिल्ला वन कार्यालयलाई आफैँ पत्र लेख्नुभएको छ। जिल्ला वन कार्यालयले भने बाँदर मार्न अधिकार नभएको भनेर पन्छिन खोजेको गाउँवासीको भनाइ छ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस