फेल भएको भन्दै धादिङका एक विद्यार्थीद्वारा आत्महत्या

धादिङ , एसएलसीमा फेल भएपछि धादिङका एक विद्यार्थीेले आत्महत्या गरेका छन् ।

२०७१ सालको चैतमा दिएको एसएलसी परीक्षामा एक विषय लागेको भन्दै सुनील भारतीेले घर नजिक आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको मैदी गाँउ विकास समितिको वडा नं ८ देवीस्थान बस्ने १७ वर्षीय भारतीेले एसएलसीको रिजल्ट आए लगत्तै शुक्रबार साँझ आत्महत्या गरेका हुन् । उनी प्रवेशिका परीक्षामा ऐच्छिक गणित विषयमा फेल भएका थिए । उनले मैदीको वडा नं ८ मा रहेको ठूलो चौर माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए ।

घर नजिकै शव भेटिएपछि प्रहरी अनुसन्धानका क्रममा आत्महत्या भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

Source: Pabilnews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस