धादिङ्गमा बिध्यालय भवनबिनै पठनपाठन सुरु



बैशाख १२ गते गएको ७.३ म्यग्नेच्युडको विनाशकारी गोर्खा भूकम्पबाट आफ्नो शैक्षिक भवन पुर्ण रुपमा क्षतिग्रस्त भएपनि त्रिपुरेश्वर गा वि स वडा नं ६ मा अवस्थित श्री चक्रेश्वरी निम्न माध्यामिक बिध्यालयको पठनपाठनमा अवरोध आएन । पढाइ जस्तो सम्बेदनशिल बिषयलाई साधरण मान्न नहुने र भवनबिनै पनि क्षणिक पठनपाठन गराउन सकिने भएकोले बिध्यालय खुल्ला चौरमा नै संचालन मा आएको हो  


अर्को भवन बनाउन अत्याधिक सहयोग जरुरत पर्ने र आर्थिक अभावले भवन निर्माण हुन पनि समय लाग्ने भएकोले बिध्यालय ब्याबस्थापनले  बाध्य हुदै खुल्ला चौरमा बिधालय संचालन गरेको हो, त्यसकारण सहयोगको लागि पनि बिध्यालय परिवारले अपिल गरेको छ - "धादिङ जिल्ला त्रिपुरेश्वर गा वि स वडा नं ६ मा अवस्थित श्री चक्रेश्वरी निम्न माध्यामिक बिध्यालय भुकम्प का कारणले पुरै क्षतबिक्षत भपछी उत्त बिधालयका सबै बिद्यार्थी/शिक्षकहरु खुल्ला आकाशमुनि बसेर सिक्न सिकाउन बाध्य छौ ।"


उत्त बिधालय लाई मानवीय नाता ले सहयोग गरि भाइबहिनीहरुको उज्यालो भबिस्य निर्माण मा जुटिदिनुहुन सबै सबै लाई मन देखी नै हार्दिक अनुरोध गर्दछौं ।

चक्रेश्वोरी नि म वि परिवार ।
Source: Prabesh Pandey
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस