बुढीगण्डकी प्रभावित जनता भन्छन्, ‘हाम्रो घर कहाँ बन्छ, कहिले बन्छ ?’


धादिङ–जेठ २४,भूकम्पले भत्काएको अन्य स्थानमा घर तथा आवासस्थल त क्रःमश बन्दै जाला हाम्रो भने कहिले कहाँ बन्छ ? सरकारले भन्दिनुप¥यो । बुढीगण्डकी आयोजनाले घर बनाउन रोक लगाएको छ । आयोजना सुरु हुने भए पानीमुनी पर्ने स्थानमा घर किन बनाउने ? होइन, हामीले घर बनाउने हो भने कहाँ बनाउने र कहिले बनाउने हो ? भनिदिनुप¥यो । बुढीगण्डकी आयोजनाबाट प्रभावित धादिङ र गोरखाका अधिकाशं स्थानीय जनताको आजकलको संयुक्त भनाई हो यो ।

भुइँचालोले दिएको पीडा भन्दा बुढीगण्डकी जलविद्युत् आयोजनाबाट विस्थापित हुनुपर्ला भन्ने समस्याले बढी सताएको छ गोरखा र धादिङका जनतालाई । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेर अगाडि बढाएको छ । फ्रान्सेली परामर्शदाता ट्याक्टबेलले हाल सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को कामलाई अन्तिम चरणमा पु¥याएको छ । सो कम्पनीले आगामी असारको अन्त्यसम्म पूर्ण प्रतिवेदन दिने जनाएको छ । तर भुइँचालोपछि भत्किएका संरचना, घर तथा आवास बनाउने कि नबनाउने भन्ने चिन्ताले सताएको छ गोरखा र धादिङका जनतालाई । बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले स्थानीयवासीलाई घर जग्गाको कारोबार बिक्री वितरण नगर्न आग्रह गरेको छ । जग्गाको कारोबार नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । उनीहरु भुइँचालोले दिएको विपत्तीसँगै आफूहरुको दीर्घकालीन बसोबासको व्यवस्था होओस् भन्ने प्रतिक्षामा रहेका छन् ।

प्रमुख राजनीतिक दलका नेता, सभासद तथा अन्य सरोकार भएका सबैलाई उनीहरुको एउटै माग छ, भूकम्प अघि पनि हामीलाई पिरै थियो, भुइँचालोपछि पनि झन् पीरलो थपिएको छ । धादिङ र गोरखाका २७ गाविसका जनता बुढीगण्डकी जलविद्युत् आयोजनाका कारण प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । ती सबै गाविस यतिखेर भुइँचालाको चपेटामा परेका छन् ।

स्थानीयवासीले एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, ऊर्जामन्त्री राधा ज्ञवालीसँग आफूहरुको दोहोरो समस्याका बारेमा जानकारी गराइसकेका छन् । तर, कोही कसैले पनि ठोस उत्तर आजसम्म दिएका छैनन् । घर जग्गाको कारोबार रोकिदाँ समस्यामा परेका स्थानीयवासी भुइँचालोपछि त झन् समस्यामा परेका छन् । उनीहरुलाई थपिएको मानसिक पीडा र भुइँचलोपछि थातथलाको चिन्ताले झन्ै सताएको छ ।

  budigandaki.jpg 2

फुजेल–३ का रुद्रप्रसाद पन्तले भने, ‘हामी बुढीगण्डकी आयोजनाका कारण विस्थापनमा त पर्ने नै थियौ, त्यो त एक दिन हुने नै थियो । तर, आज भुइँचालोले थपिदिएको पीडा झन् सहीसाध्य छैन, घर बनाउ भने एकाध वर्षमा छाड्नुपर्छ नबनाउ भने कहाँ बस्ने ? के खाने भन्ने त्रासमा परेका छौ ।’

आयोजनाले घर तथा आवासस्थल नबनाउ भनेको छ, तर बनाउनैपर्ने बाध्यता बनेको छ, स्थानीयवासीलाई । नजिकदो बर्षा, थातथालोका चिन्ता अनि अनिश्चित भविष्य उनीहरुका लागि टेक्ने ठाँउ पनि नभएको र समाउने हाँगो पनि नभएको जस्तो लागेको छ ।बुढीगण्डकी नदी किनारका गोरखा र धादिङका आरुघाट, सल्यानटार, विशालनगर, खहरे, किन्ताङफेदी, बेलुङभन्ज्याङ, लपाङफेदी, सातदोबाटो, गोलाभन्ज्याङलगायतका ठूला साना बजार प्रभावित हुने र २७ गाविसका स्थानीयवासीले प्रयोग गर्ने साना ठूला बजार प्रभावित हुनेछन् ।

आफू जन्मिएको थातथलो सधैंका निम्ति आयोजनाको जलाशयमा डुबाएर नयाँ ठाँउ खोज्नुपर्ने अवस्थाका स्थानीयवासी पछिल्लो पटक गोरखा भुइँचालोपछि सरकारले आफूहरुलाई पूरै बेवास्थ गरेको र अझै अन्यौलमा राखेको गुनासो गरिरहेका छन् ।

तीमध्येका एक हुन् आरुघाट उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द श्रेष्ठ । उनले हामीलाई सरकारले कुन स्थानमा राख्ने हो र कुन विधि अपनाएर राख्ने हो तत्काल निर्णय गर्न सरकारसँग आग्रह गरे ।
बुढीगण्डकी जलविद्युत् आयोजनाका कारण प्रमुख रुपमा प्रभावित हुने गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङकोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ सबैभन्दा बढी प्रभावित हुनेछन् ।
भुइँचालोले पनि त्यही क्षेत्रमा बढी प्रभाव पारेको छ । यस्तै धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी, बुडाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरु पनि प्रभावित हुनेछन् ।

भीमसेन थापाको बगैँचा, पृथ्वीनारायण साहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाकाकारण प्रभावित हुनेछन् ।

ती स्थानका अधिकाशं घर तथा आवासस्थल पनि भुइँचालोले भत्काएको छ । भुइँचालोले पछि–पछि अन्य स्थानमा त सरकारले तत्काल सहयोग गर्ला, अस्थायी आवासस्थल पनि बन्ला तर हाम्रो आवास कहिले कहाँ कुन स्थानमा बन्ला भन्ने चिन्ताले सताएको छ आरुघाटका ज्ञानप्रसाद श्रेष्ठलाई । आफूहरुले सरकारका मन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेतालाई समेत समस्या राखेको बताउँदै श्रेष्ठले भने – ‘हामी त दोहोरो चपेटामा परेका छौं, हाम्रो समस्याको सुनुवाई कसले गर्ला ?’

आयोजनाका कारण करिब ४५ हजारको थातथलो उठ्ने निश्चित छ । तीमध्ये करिब ४० हजारको घर भुइँचालोले भत्काइदिएको छ ।

Source: Dhadingnews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस