युट्युब अब नेपाली भाषामा

गुगल ट्रान्सलेट, जिमेल हुँदै युट्युब पनि अब नेपाली भाषामा उपलब्ध भएकोछ । नेपाली भाषा वा भनौँ देवनागिरी लिपी मात्र बुझ्ने कम्प्युटर प्रयोगकर्ताले इन्टरनेटमा अब सजिलै युट्युब चलाउन सक्नेछन् । युट्युब नेपाली भाषामा भन्नुको मतलब, युट्युब साइट नेपाली भाषामा हुनेछ, तर युट्युबमा रहेका भिडियोहरु यथावत रहनेछन् ।

गुगल र नेपाली स्वयंसेवकहरुको महिनौँको प्रयास पछि, युट्युब नेपाली भाषामा उपलब्ध भएको हो । नेपाली सहित ७५ भन्दा धेरै भाषामा युट्युब उपलब्ध छ। युट्युबमा संसारभरबाट प्रति मिनेट ३०० घन्टा बराबरको भिडियो अपलोड गरिन्छ । डिसेम्बर २०१३ मा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो भने, जुलाई २०१४ बाट जिमेल नेपाली भाषामा उपलब्ध भएको थियो।


युट्युब नेपाली भाषामा कसरी प्रयोग गर्ने?
युट्युब पेजको तल रहेको 'सेटिङस्'मा गएर, 'ल्याङ्वेज सेक्सन'मा नेपाली भाषा छान्न सकिन्छ । नेपाली 'क्लिक' गरेपछि, तपाईको लागि युट्युब नेपाली भाषामा उपलब्ध हुन्छ ।

साइटमा, केही ठाउँमा अंग्रेजी शब्दलाई ठाडो नेपाली भाषामा अनुवाद गरेको अमिल्दो देखिन्छ। जस्तो कि 'प्रेस' (Press) - मिडिया'को अर्थ दिने शब्दलाई नेपालीमा 'थिच्नुहोस्' भनेर अनुवाद गरिएको छ। आशा छ, यस्ता साना तिना त्रुटीहरुलाई गुगल'ले चाँडो भन्दा चाँडो सुधार्नेछ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस