रमेश खरेल किन चार दिनमै फर्किए धादिङबाट ?

धादिङ, गत  वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पपछि धादिङमा खटाईएका नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल चार दिनमै फर्किएका छन् ।



नेपाल प्रहरीको भरतपुर तालिम केन्द्र चितवनको जिम्मेवारी सम्हाल्दै आएका एसएसपी खरेललाई प्रहरी प्रधान कार्यालयले भूकम्प प्रभावित जिल्ला धादिङमा उद्दार तथा राहतका केही दिनका लागि खटाएको थियो ।

प्रधान कार्यालयले एक हप्ताको समय तोकेपनि एसएसपी खरेल चारदिनमै फर्किएका हुन् । धादिङ उद्दार र राहतको काम फटाफट सकिएकाले चार दिनमै चितवन फर्किएको एसएसपी खरेलले बताए । खरेलसँगै प्रभावित जिल्लामा प्रहरी प्रधान कार्यालयले एक/एक जना एसएसपीलाई नेतृत्व लिने गरी खटाएको थियो । एसएसपी खरेल नाम जस्तै काम पनि फटाफट गर्छन् । जसका कारण चार दिनमै धादिङमा उद्दारको काम सके । 

उनले भूकम्प पीडितको अवस्था ज्यादै दयनिय रहेको भन्दै राहतका लागि गाँस बाँस प्रमुख आवश्यकता भएको समेत बताए । यसअघि एसएसपी खरेल काठमाडौं प्रमुख थिए ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस