चट्यान लागेर धादिङमा एक जनाको मृत्यु:



२८ बैशाख, धादिङ - चट्यान लागेर धादिङमा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

सोमबार साँझ परेको चट्यानले नीलकण्ठ नगरपालिका ११ का २० वर्षिय सुनिल गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्यान लागेर सोही ठाँउका १९ वर्षिय प्रनिशा गुरुङ, २४ वर्षिय शान्ति थापा, र ६० वर्षिय मान बहादुर गुरुङ घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो

Source: Pabil News

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस