धादिङका उत्तरी क्षेत्रका ५ गाविसका ७ गाउँ स्थानान्तरण गर्नुपर्ने अवस्थामा

सडक सञ्जालले समेत छुन नसकेको धादिङको उत्तरपूर्वी क्षेत्रका जनताहरुले व्यहोर्दै आएको संकटपूर्ण अवस्थामा भूम्पका कारण अर्को बज्रपात थपिएको छ । सरकारले राहत तथा पूनःस्थापनाका लागि प्रत्येक प्रभावित क्षेत्रमा आफ्नो मातहतका कर्मचारी तथा न्युनतम राहतका प्याकेज पू¥याएको जनाए पनि धादिङका बिकट क्षेत्रका जनातहरुले सरकारले आफुहरुको समस्या नसुनेको गुनासो गरेका छन ।


 उत्तरी क्षेत्रका यि गाविसहरुको अधिकांश बस्तीहरु स्तानान्तरण गरिनु पर्ने भएता पनि भूकम्प गएका झण्डै एक महिना पुग्न लाग्दा समेत यस बिषयमा सरकारले केहि मुख खोलेको छैन । यो उत्तरी धादिङको रि गाउँको बस्तुस्थिति हो जहाँ भूकम्प पश्चातका निरन्तरका धक्का तथा यस पछि आएका ठुला पहिरोहरुका कारण बिस्थापित यहाँका सर्वसाधरण यसरी जंगलको बिचमा आश्रय लिएर बसीरहेका छन ।

 तिन साता अघि देखि यसरी जंगमा त्रिपाल टागेर बसीरहेका उनीहरुलाई सरकारी तवरबाट सहित केहि दातृ निकायबाट आएको सीमित राहतले कहिले सम्म प्राण धान्न सकिएला भन्ने चिन्ता पनि थपिएको छ । मोटरबाटो नपुगेकोले हेलीकप्टर बाहेक अन्य ढुवानीको बिकल्प समेत नभएका कारण राहत सामग्रीहरु समेत पर्याप्त पुर्याउन नसकिएको सरकारी अधिकारीहरुका भनाई छ ।

 यि क्षेत्रका एक गाउँबाट अर्को गाउँ जाने बाटोहरुमा आएका पहिरो तथा निरन्तर खसीहेका ढुंगाका कारण समेत जनजीवन थप त्रसीत बनेको छ । तत्कालका लागि केहि खाद्यन्न तथा ओतका लागि छानोको माग गरिहेका यस भेगका जनताहरुले आफुहरु अव यस्तो जोखिमकाबीच यहि क्षेत्रमा बस्न नसक्ने भन्दै दिर्घकालिन रुपमा अर्को स्थानमा सरकारले पूर्नबासको व्यवस्था गरिदियोस भनेर माग समेत गरिहेका छन ।

 बुधबार यहि स्थानबाट प्रतिनिधित्व गर्दै पूर्वगृहमन्त्री समेत रहेका राप्रपा महामन्त्री बुद्धिमान तामाङले भुकम्पबाट मुख्य प्रभावित यि बिकट गाउँको अवलोकन गर्दै यि क्षेत्रमा सरकारको उपस्थीति पुगेको भएता पनि भुकम्पले आहात बनेका जनातहरुको सरकराले उचित सम्वोधन गर्न नसकेकोमा असन्तुष्टि जनाउनु भयो ।

उत्तरी धादिङको रिगाउँ, लापा, तिप्लीङ,र्झालाङ, सेर्तुङका सम्पूर्ण गाउँहरु पुगी त्यहाँको बस्तुस्थितिको अवलोकन गर्नु हुदै राप्रपा नेता तामाङले अव सरकराले बिशेष प्रथामिकतामा राखेर यस स्थानका जोखिमयुक्त बस्तीहरुको स्थानान्तरण गर्न तदारुकता देखाउनु पर्ने बताउनु भयो । आफुहरुले भोगेको समस्याको समाधानका लागि पहल थालिदिन पनि उनीहरुले नेता तामाङसंग आग्रह गरेका थिए ।

यस संगै भुकम्प प्रभावित दार्खा, सत्यदेवी, गुम्दी लगायतका गाउँहरुको हवाई निरीक्षण गर्दै नेता तामाङले शतप्रतिशत घरबार विहीन यस स्थानमा जनताहरुलाई सरकारले तत्काल छुट्टै प्याकेजको व्यवस्था गरि थप राहत बितरण गर्नुका साथै छानोका लागि जस्ताको बन्दोवस्त गर्न सुझाव दिनु भयो । भौगोलिक हिसावले समेत निकै बिकट रहेको उत्तरी धादिङको जोखिमका बिच बाँचिरहेका यि बस्ती स्थानान्तरणमा ढिलाई गरे फेरि अर्को दुदर्शा नआउला भन्न सकिन्न ।

पत्रकार नवराज पाण्डेको फेसबुकबाटसाभार…




यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस