धादिङ्बेशिमा 'आमाको माया' छात्राबास निर्माण हुने

धादिङ, बिगत १९ बर्षदेखी देखि बिधाको क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको प्रागिक विद्यार्थी परिषद (पिभिपी) ले धादिङ्बेशी सिरानबजारमा 'आमाको माया' नामक छात्राबास निर्माण गर्ने भएको छ।


राष्ट्रिय सचिव गणेश ढुंगाना, नारायण प्रशाद ढकाल, साहित्यकार नवीन बन्धु पहाडी सहितको प्रमुख आतिथ्यतामा जेठ ९ गते सदरमुकाम धादिङ्बेशिमा सम्पन्न कार्यक्रमले छात्राबास निर्माण कार्य सुरु गर्ने निर्णय पारित गरेको हो।


 बाल एकता सहित पच्चिस बिद्यार्थीको उपस्थिती रहेको उत्त कार्यक्रममा साहित्यकार नवीन बन्धु पहाडिले 'आमाको माया छात्राबास' निर्माणको निम्ति  जग्गा हस्तान्तरण गर्नुभएको थियो।

शिक्षाको पहुँचबाट टाढा रहेका अपांग, असाहाय बालबालिकालाई शिक्षित तुल्याउन सक्दो सहयोग गर्दै आइरहेको प्रागिक विद्यार्थी परिषदले यस अघी नै देशको पाँच बिकाश क्षेत्रमा छात्राबास निर्माण गरिसकेको पिभिपिका अनिता शाक्यले जानकारी दिनुभयो।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस