भुकम्प प्रभावित धादिङको उत्तरी क्षेत्रहरु, अझै सरकारको आँखा पुग्न सकेन

गोर्खा भुकम्पले धादिङको सल्यानटार, त्रीपुरेश्वर, सल्यानकोट, चैनपुर, ज्यामरुङ लगायतका उत्तरी क्षेत्रहरुमा अत्याधिक क्षति गरेको छ, गोर्खाको उत्तरपुर्ब केन्द्रबिन्दु "बारपाक" बाट नजिक रहेको कारण धेरै क्षति भएको हो। यस क्षेत्रका प्राय: सबै घरहरु एउटै थुप्रो भएका छन् भने भत्किनबाट बचेँका घरहरु पनि बस्नयोग्य अवस्थामा छैनन्।



"मकै एकोहोरो गोड्ने बेला भएकोले खानापछी ११बजे खेतमा थियौं, र बाँच्यौं… यदि भुकम्प रातिमा गएको भए धादिङ उत्तरी भेग नै शोकमा पर्थ्यो।" त्रीपुरेश्वर सुकौराका स्थानिय कृष्णप्रसाद थपलियाले भने। चेपिएका गाइबस्तु झिक्न नसक्दा दुर्गन्ध फैलिइसकेको छ, यसले महामारी ल्याउने खतरा छ।



अस्पताल, बिद्यालय, सबै भत्किएका छन्। खाध्यान्न, प्रथामिक उपचार, बस्ने त्रीपाल समेत छैन, स्थानिय खुल्ला आकाशमुनी 'बादल हेर्दै पानी पर्ने,नपर्ने अड्कल काट्दै जस्तामाथी सुत्न' बाध्य छन्।

बिधुत् सेवा धादिङ सदरमुकाम बाहेक जिल्लाभर अवरुद्ध छ, तरपनी अझैसम्म यस क्षेत्रमा सरकारको आँखा पुग्न सकेको छैन।

सम्बन्धित फोटोहरु :  









यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस