लोकल कुखुरा तिर आकर्षित हुदै धादिङ्ग का किसान हरु



धादिङ, मासुका लागि ब्रोइलर, लेयर्स लगायत विभिन्न जातका विकासे प्रजातिका कुखुराको प्रचलन बढी रहेका बेला धादिङका किसानहरु भने स्थानीय जातका कुखुरा पालन तर्फ लागेका छन् । मासुका लागि पालिने विकासे प्रजातिको कुखुरामा रोग लाग्ने र धेरै मर्ने भए पछि धादिङका किसानहरुले स्थानीय जातका कुखुराहरु पाल्न सुरु गरेका हुन् ।


विकासे कुखुरा भन्दा पाल्नका लागि सजिलो हुने, स्थानीय जातका कुखुरामा रोग पनि कम लाग्ने र बजारमा बिक्री गर्दा मुल्य पनि विकासे कुखुराको भन्दा राम्रो आउने भएका कारण किसानहरुले लोकल जातको कुखुराहरु पाल्न सुरु गरेका हुन् ।


 ‘स्थानीय जातका कुखुरालाई खुल्ला छाडेर पाल्न पाउने र दाना पनि स्थानीय रुपमा नै पाईने मकै लगायत अन्य अन्न खुवाउँदा हुने भएकोले यस्तो व्यवसाय सुरु गरेका हाँैँ’ कुखुरा पालक किसानहरुको भनाइ छ ।

विकासे जातका कुखुराहरुलाई भन्दा लोकल कुखुराहरु पाल्नका लागी मेहनत धेरै गर्न समेत नपर्ने भएकोले किसानहरुले लोकल कुखुरा पाल्न थालेको बताउछन । विकासे कुखुरालाई जस्तो बजारबाट दाना किनेर खुवाउनु नपर्ने, रेखदेख पनि बढी गर्नु नपर्ने भएकाले लगानी पनि धेरै गर्नु नपर्ने र लगानी डुब्ने खतरा पनि कम भएको किसानहरुको भनाइ छ ।

बजारमा स्थानीय प्रजातिको कुखुराको माग पनि धेरै भएको र मुल्य पनि राम्रो पाइने किसानहरुको भनाइ छ । व्यापारीहरुले घरबाट नै प्रति किलो चार सय पचास रुपैँयामा कुखुरा लाने गरेकाले बजारका लागि कुनै समस्या नभएको कुखुरा पालक किसानहरुको भनाइ छ । स्थानीय जातका कुखुराको मासु मात्र नभइ अण्डा पनि बजारमा सजिलै बिक्री हुने भएकाले किसानहरु स्थानीय जातका कुखुरा पालन तर्फ आकर्षित भएका हुन् । लोकल कुखुराको अण्डा प्रतिगोटा घरबाट नै १५ रुपैँयामा सजिलै बिक्री हुने गरेको कुखुरा पालक किसानहरुको भनाइ छ ।

धादिङका किसानले अहिले स्थानीय प्रजातिका आफुले पालेका कुखुराहरुलाई चराउने समेत गर्दछन । उनीहरुले अहिले कुखुरालाई आफ्नो बारी र बगैँचामा दिन भरी चराउने गर्दछन । उनीहरुले सो कुखुरालाई दिन भरी चराउने र बेलुकी पख खोरमा राख्ने गरेका छन् । लोकल कुखुरा भने मौसमका कारण नमर्ने भएका कारण पनि फाईदा हुने किसानहरु बताउछन ।

 धादिङका एउटै किसानले अहिले ६४ रोपनी जमिनमा ४ हजार भन्दा बढी स्थानीय जातका कुखुरा पाल्दै आएका छन । धादिङको कुम्पुर गाँउ विकास समिति आमन टारका किसानहरुले सामुहिक रुपमा सहकारी बनाई जमिन भाडामा लिएर स्थानीय जातका कुखुरा पाल्न सुरु गरेका छन ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस