पाँच ट्रक राहत सामान बोकेर धमला धादिङ्गमा



धादिङ्ग, बैशाख । भारतीय सरकारको सहयोगमा उपलब्ध ५ ट्रक राहत सामग्री धादिङ्ग जिल्लाका विभिन्न पाँच गाविसका सबै वडाहरुमा वितरण गरिएको छ ।

भारतीय दुतावासले उपलब्ध गराएको राहत सामग्रीमा भुकम्प प्रभावितहरुलाई ओढन ब्लाङकेट, खान चाउचाउ, विस्कुट, चिउरा, चामल, विभिन्न खाद्य सामग्री रहेको राहत लैजान सक्रिय पहल गरेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।
धमलाकै पहलमा लगिएको राहत उनको जन्म स्थान ज्यामरुङ्ग, साङकोष्स, मुरली भन्ज्याङ्ग, कुम्पुर र कल्लेरी गाविसमा पुरै वडामा वितरण गरिएको उनले बताए ।

धमलाका अनुसार त्यहाँका जनताले खाद्यान्न भन्दा पनि ओत लाग्न तत्काल त्रिपालको आवश्यकता रहेको बताएका छन । धमलाले प्रमुख जिल्ला अधिकारी बाबुदेब घिमिरे, डिएसपी प्रकास मल्ल र स्थानीय राजनीतिक दलका नेताहरुसँग समन्वय गरेर राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुझाव दिदै आफूले धादिङ्ग जिल्लाको लागि आवश्यक त्रिपाल र अन्य राहतको लागि भारत र नेपाल सरकारसँग नियमित पहल गरिरहेको ले छिट्टै प्राप्त हुने विश्वास ब्यक्त गरेका थिए ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस