नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने

धादिङ, - नेपाल उद्योग वाणिज्य महासंघले एक लाख रुपैयाँमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष कुशकुमार जोशी सहितको टोली धादिङ सदरमुकम आएर यस्तो प्रस्ताव गरेको हो।

गाउँमै पाइने बाँस, ढुंगा, माटोबाट भूकम्प प्रतिरोधी घर बनाउन सकिने र यसका लागि घरवाला आफैले स्थानीय सामाग्री खोजेर काम गरेमा एक लाख रुपैयाँमा घर बनाउन सकिने महासंघका पूर्वअध्यक्ष जोशीले बताए।

सबै काम अरु मानिसलाई लगाउँदा चार लाख रुपैयाँ पर्ने र आफैले काम गर्दा एक लाखमा बन्ने र्भकोले यस्तो कार्यमा सरकारसँग मिलेर काम गर्ने उद्योग वाणिज्य महासंघको प्रस्ताव छ। जिल्ला सदरमुकाम आइपुगेको महासंघको टोलीले सरकारको उपयुक्त निति र साझेदारीमा काम गर्ने योजना भएमा आफूहरु पनि काम गर्न इच्छुक रहेको बताएको हो।


भूकम्प प्रतिरोधी घर निर्माण गर्ने र पेशा व्यवसायबाट पन्छिएकाहरुलाई तुरुन्त आफ्नो व्यवसायमा फर्कने वातावरण बनाउन लागि सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको महासंघका कार्यबहाक अध्यक्ष मुरारकाले जानकारी दिए।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस