फेसबुकद्वारा च्याटको लागि मेसेन्जरको छुट्टै वेब भर्सन सार्वजनिक

कम्प्युटरबाट धेरै फेसबुक च्याट गर्नुहुनेहरुलाई खुसीको खबर छ, रिकोडका अनुसारफेसबुक'ले बुधबार देखि मेसेन्जरको लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । भन्नको मतलब, फेसबुकमा च्याट गर्नको लागि, अब फेसबुकमा लग इन गर्नुको सट्टा, छुट्टैमेसेन्जर डटकम'मा सिधै लगइन गरेर च्याट गर्न सकिन्छ ।  हाललाई थोरै प्रयोगकर्ताहरुलाई मात्र यो सुविधा उपलब्ध भएको भएपनि, बिस्तारै यो सेवा सबैलाई उपलब्ध हुँदै जानेछ ।



फेसबुकमा कत्तिको च्याट गर्नुहुन्छ? गुगल प्लेस्टोरका अनुसार, अहिले फेसबुक मेसेन्जर नेपालमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल च्याट/मेसेजिङ एप हो। केही अघिसम्म नेपालमाफेसबुक मेसेन्जर भन्दा भाइबर सबैभन्दा धेरै प्रयोग हुन्थ्यो।



मोबाइलमा फेसबुक र मेसेन्जर छुट्टाछुट्टै एपको रुपमा उपलब्ध भएजस्तै अब वेबमा पनि फेसबुक र मेसेन्जर छुट्टाछुट्टै रुपमा उपलब्ध भएको छ । फेसबुकको न्युज फिड नहेर्ने, च्याट मात्र गर्नेलाई मेसेन्जर डटकम उपयोगी हुनसक्छ । मोबाइलमा उपलब्ध सम्पूर्ण 'फिचर'हरु मेसेन्जरको वेब भर्सनमा उपलब्ध हुने जनाइएको छ ।


Source: AakarPost
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस