विस्थापितहरु भन्छन् ‘हामी कहाँ बस्ने ?’

धादिङ, १२ गतेको महाभुकम्पले गाउँमा बस्न सक्ने अवस्था भएन । गाउँ कहाली लाग्दो खण्डहर भयो । कुनैपनि घर भन्ने ठाउँ समेत छैन । एक मिनेटसम्म आएको भुकम्पले गर्दा घरहरु लडेलगत्तै गाउँमाथीबाट पहिरो आयो । गाउँ तल पनि पहिरो गयो । गाउँबाट सदरमुकम लगायतका स्थानमा जाने एक मात्र बाटो पनि पहिरो आएर छेकिएको छ । विरामी नभएको मानिसलाई भुकम्पले गर्दा क्षतिग्रस्त बनाएको गाउँ हेर्दैमा विरामी पर्ने अवस्था देखिन्छ । आगामी वर्षमा नयाँ योजना ल्याएर गाउँमाथी जाने केबुलकार आउने सपना बोकेको तेनचेत एक मिनेटमै सखाप भएपछि सबै सपनाहरु एकाएक हरायो । सपना जस्तै उडेर गयो ।



उत्तर धादिङको लापा गाविस–२ तेनचेत, तेङचेत, चपाङचेतखाली गाउँको रुपमा चिनिँदै गरेको रामीजोङ तामाङको भनाइ छ । गाउँ छाडेर दुई लालाबाला सहित नीलकण्ठ नगरपालिका–१२ स्थित साङकोषको एउटा त्रिपाल मुनी बच्चा राखेर बसेको अवस्थामा उनले आफ्नो बच्चाको भविश्यप्रति चिन्ता गर्दै ‘अब कसरी बाँच्ने होला’ भन्ने चिन्ता व्यक्त गरिन् । उनको श्रीमानको मृतयुभएपछि उनको परिवारमा कमाएर खुवाउने गुमाउनु पर्दाको पिडा थपिएको छ ।
रामीजोङमात्र होइन आमा गुमाएका ६ वर्षीया सिलमायाँ  र ४ वर्षीय युएल तामाङको समस्या चाही कसरी अघि बढ्ला भन्ने चिन्ता सबैलाई छ ।

उत्तरको लापा गाविसको तेनचेत लागत गाउँका ७४ घर सदरमुकाम नजिकै विस्थापित भएर आइपुगेका छन् । साँङकोषमा आएका उनिहरु एकै स्थानमा त्रिपाल हालेर बसीरहेको साङोषका कृष्ण शिशिरले जानकारी दिए ।
गाउँका १० जनाले ज्यान गुमाए । पशु कति मरे कसैले पनि भन्न सकेको छैन । अहिले गाउँमा दुगन्ध फैलिएको छ । खानेकुरा झिक्न नसकेर सबै उम्रिएका छन् । केही बुढापाका भन्दा बाहेक सबै गाउँमा बस्ननसक्ने अवस्था आएपछि विस्थापित भएको स्थानीइ सामाजिक कार्यकर्ता समेत रहेका जिवन तामाङले बताउनुभयो । उनको घर कहाँनेर छ भन्ने समेत पत्तो नलाग्नेगरि पहिरोले पुरिएको छ तर उनि आफैँ अरुका लागि राहत वितरण व्यवस्थित गर्नका लागि दिनरात खटिएर हिडेका छन् ।

विस्थापित बसेको क्षेत्रमा पनि स्वास्थ्य र सरसफाइ तथा सुरक्षाको चिन्ता बढेको छ । सो स्थानमा सहयात्री समाजले स्नेह केन्द्र संचालन गरेको छ भने युनिसेफको सहयोगमा सहयात्री समाज नेपालले बालबालिकाका लागि बालमैत्री सुरक्षित स्थान संचालन गरेको सहयात्री समाजकी राधिका सापकोटाले जानकारी दिइन् । सो स्थानमा १ सय १७ बालबालिका रहेका छन् ।
आमा गुमाएरका र बाबु मजदुरीमा गएका बालकलाई उनकी हजुरआमाले बोकेर लिएर खेलाउँदै कहिले किनेको दुध खुवाउँदै गरेको कारुणिक दृश्य समेत विस्थापितको शिबिरमा देखिएको थियो ।

गाउँमा बस्न नसक्ने भएकोले पुनरबासको लागि आफूहरुलाई छाना र खाना उपलब्ध गराउन माग गर्दै गाउँबाट सबै मानिस सदररमुकाम क्षेत्रमा आएको उनिहरुको भनाइ छ ।
Source: PabilNews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस