दुई छोरीलाई विष खुवाएर आत्महत्या

धादिङ, बैरेनी गाउँ विकास समिति–७ बेलटारकी २२ वर्षीया चन्द्रीका विकले आफ्ना दुई छोरीलाई बिष खुवाएर आत्महत्या गरेकी छन् । 
सागसब्जीमा  प्रयोग हुने विष सेवनबाट चन्द्रीका र उनकी एक छोरीको ज्यान गएको छ ।



गम्भीर रहेकी अर्कीलाई उपचारका निम्ति काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 

चन्द्रीकाका श्रीमान् गोगनलाई  अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ । 

Source: Ujyaaloonline
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस