मैदीलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा बुर्लाकोटीको जोड

धादिङ, धादिङ क्षेत्र नं. २ का सभासद् गुरुप्रसाद बुर्लाकोटीले जिल्लाको मैदी गाविसलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिएका छन् ।



मैदी समाजिक विकास समाजले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले मैदीकोट भगवती मन्दिरको ऐतिहासिकतबारे जानकारी दिएका थिए । उनले उक्त मन्दिरमा तत्कालिन राजा पृथ्वीनारायण शाहको ब्रतबन्ध गरेको उल्लेख गर्दै धार्मिक र साँस्कृतिक पर्यटकलाई आकर्षण गर्न सकिने बताए ।

सभासद् बुर्लाकोटीले मैदीकोट भगवती मन्दिरको जिर्णोद्वार गर्नुपर्नेमा जोड दिए । उनले मन्दिरका लागि सांसद कोषबाट २ लाख रुपैयाँ यसअघि नै दिएका थिए ।

सभासद् बुर्लाकोटीले बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना सफल बनाउन धादिङवासी जनतालाई आग्रह गरे ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस